२० आश्विन २०८३, मंगलवार
Follow Us

एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध

नेपालब्रिटेन संवाददाता
२० आश्विन २०८३, मंगलवार ११:१६

काठमाडौं । एमाले अध्यक्ष केपी शार्मा ओलीको आलोचना गरे कडा अनुशासनको कारबाही गर्ने भएको । यही असोज ८ गते सम्पन्न तेस्रो केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार अबदेखि यो पार्टीका नेता कार्यकर्ताहरुले पार्टी नीति, निर्णय र नेतृत्वमाथि प्रश्न गरे सिधै कारबाहीको भागीदार बन्नुपर्ने निर्देशनसहितको अपानि पार्टी पङ्क्तिलाई पठाइएको छ ।

जबकि, कम्युनिस्ट पार्टीमा आलोचना र फरक मतलाई सम्पत्तिका रूपमा लिने गरिन्छ । अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेर असोज १८ गते पार्टी पङ्क्तिलाई पठाएको अन्तरपार्टी निर्देशनमा पार्टीका कुनै पनि विषयमा सार्वजनिक रूपमा प्रश्न, आलोचना गरे कारबाहीको विषय बनाउन भनिएको छ ।

एमालेले पार्टीमा हुर्किँदै गएको स्वेच्छाचारिता, अराजकता र अनुशासनहीनता अन्त्य गरी एकताबद्ध र सुदृढ पार्टी निर्माण गर्न यस्तो निर्णय गर्नुपरेको जनाएको छ ।

धेरै पढिएको