ब्रेकिङ न्युज

प्रधानमन्त्री बालेनलाई राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह भारतका प्रधानमन्त्रीको निमन्त्रणामा आज दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्ने भएका छन् । भ्रमणका क्रममा उनले भारतीय उच्च अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री साह नेपाल एयरलाइन्सको उडानमार्फत भोलि दिउँसो ३:४५ बजे भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । विमानस्थलमा उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

विमानस्थलबाट प्रधानमन्त्री साह सिधै होटल ताजमहल पुग्नेछन् । होटलमा साँझ ६ बजे भारतका विदेशमन्त्रीले प्रधानमन्त्री साहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ ।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम