लन्डन । फुलहामस्थित चेल्सी फुटबल क्लब स्टेडियमको एउटा प्रेक्षालय सप्ताहन्त अलिक भिन्न माहोलमा डुब्यो । त्यहाँ फुटबल होइन, एउटा अन्तर्राष्ट्रियको फेसन शोले दर्शक रोमाञ्चित बने ।
अझ रोचक त उक्त ‘एसएम ग्लोबल क्याटवाक फेसन रिभोलुसन लन्डन’ मा नेपाली पोशाकले स्थान जमायो । न्यूयोर्कबाट आएको समूहले विभिन्न देशका डिजाइनरका पोशाक प्रदर्शन गर्दा नेपाली पुनम क्षेत्री गौतम केन्द्रमा रहिन् । स्टेज उत्रेर उनले नेपालीमै मन्तव्य राख्दै आफ्नो देश र पोशाकको चिनारी दिइन् ।
उक्त शोमा विदेशी मोडलहरुले नेपाली पोशाक लगाएर क्याटवाक गरेका थिए । महिला १२ र पुरुषको १२ वटा डिजाइन सामेल थिए शोमा । पुरुषहरुले ब्राम्हण क्षेत्री, नेवार, गुरुङ, तामाङ, सुनुवार, राउटे, लाखे ड्रेसमा क्याटवाक गर्दा माहोल पृथक अनि रोमाञ्चक देखिन्थ्यो ।
महिला मोडलहरुले पनि नेवार, थारु, राउटे आदि जातीको ‘फ्यूजन ड्रेस’ प्रस्तुत गर्दा धेरैको ध्यान आकृष्ट गरेको थियो ।
फोटो : बिरेन्द्र श्रेष्ठ