१८ बैशाख २०८१, मंगलवार
Follow Us

ताप्लेजुङको मतदान केन्द्रमै बम विस्फोट, तयारी अन्यौलमा

नेपालब्रिटेन डट कम्
९ मंसिर २०७४, शनिबार १५:११

फुङलिङ । ताप्लेजुङको सदरमुकाम फुडलिङस्थित भानु जन उच्च माध्यामिक विद्यालयमा मतदान केन्द्र निर्माणकै क्रममा बम विस्फोट भएको छ । शनिवार दिउसो निर्वाचनमा खटिएका कर्मचारी र प्रहरीले मतदान केन्द्र निर्माण गरिरहेको समयमा बम विस्फोट भएको हो । बम विस्फोटपछि मतदान केन्द्र निर्माणको काम प्रभावित भएको छ । मतदान केन्द्रमा खटिएका निर्वाचन अधिकृतले थप सुरक्षा प्रवन्ध नमिलाई निर्वाचन गर्न नसकिने बताएका छन् ।
विस्फोटपछि मतदानमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले भने थप सुरक्षाको प्रवन्धको माग गर्दै मतदान केन्द्रमा तयारी वन्द गरेका छन् । तीन तहको सुरक्षा ब्यवस्था भनेपनि मतदान केन्द्रमा नेपाल प्रहरी र म्यादी प्रहरी बाहेक अरु कोही नआएको निर्वाचनमा खटिएका कर्मचारीले गुनासो गरेका छन् । बम विस्फोटपछि विद्यालय परिसरमा स्थानीय प्रशासनले थप सुरक्षाकर्मीको टोली पठाएको छ । विस्फोटवारे अनुसन्धान भैरहेको बताइएको छ ।