२६ बैशाख २०८१, बुधबार
Follow Us

निर्वाचनको अवधीभर १० स्थानमा बम

नेपालब्रिटेन डट कम्
१० मंसिर २०७४, आईतवार १३:२२

काठमाडौं । प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचनको अवधीभर देशभर विभन्न १० स्थानमा बम भेटिएका थिए । भेटिएकामध्ये अधिकांश बम नक्कली भएको र त्रास फैलाउन मात्रै बमको हल्ला फैलाइएको प्रहरी प्रवक्ता मनोज न्यौपानेले बताए । प्रवक्ता न्यौपानेले निर्वाचन शान्तीपूर्णरुपमा सम्पन्न भएको बताए ।

कहाँकहाँ भेटिए बम
जाजरकोट : त्रिवेणी नलगाड नगरपालिका–७ गुनाभिर नजिकै सडकमा वाइबि नामक बट्टामा रातो कालो टेपले बाँधेको रातो बत्ती बलिरहेको अवस्थामा ।
नुवाकोट : ककनी गाउँपालिका–२ स्थित काउलेमा प्रेसरकुकर बम ।
दार्चुला : महाकाली नगरपालिका–४ खलंगा नजिक सडक छेउमा कागजभित्र गोलो आकारको बम जस्तो देखिने शंकास्पद बस्तु ।
रुपन्देही : बुटवल उपमहानगरपालिका–१० स्थित जंगलमा सुतली धागोले बेरेको अबस्थामा फेला परेको बिष्फोटक पदार्थ ।
रोल्पा : त्रिवेणी गाउपालिका–७ स्थित गोबिन्द माबि नजिक बाटोको छेउमा फेला परेको बिष्फोटक पदार्थ ।
दोलखा : भिमसेन नगरपालिका–३ स्थित सडक कार्यालय अगाडि बाटोको छेउमा आइतबार फेला परेको सकेट बम । त्यसैगरी, दोलखाकै भिमेश्वर नगरपालिका–६ स्थित चोथाङमा प्याराडाईज होटल अगाडि बाटोमा आइतबार २ वटा झोलामा फेला परेको सकेट बम ।
कपिलवस्तु : बाणगंगा नगरपालिका–११ स्थित भित्री सडक खण्डको किनारामा सुतलीले बााधेर परालले छोपेको अवस्थामा फेला परेको विष्फोटक पदार्थ ।
बाग्लुङ्ग : वडिगाड गाउँपालिका–७ डाँडागाउामा आइतबार फेला परेका २ वटा सुतली बम ।
ताप्लेजुङ्ग : आठराई त्रिबेणी गाउँपालिका–३ हाङपाङस्थित सरस्वती माबि हाङपाङको कम्पाउण्डमा गाडेको अबस्थामा फेला परेको प्रेसरकुकर बम ।