२१ बैशाख २०८१, शुक्रबार
Follow Us

वाम गठबन्धन भ्रष्टचारीहरुको गठबन्धन : डा. भट्टराई

sarusaru
१९ मंसिर २०७४, मंगलवार ०३:२२

नवलपुर । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले वाम गठबन्धनलाई भ्रष्टचारीहरुको गठबन्धन भएको आरोप लगाएका छन् ।
आइतबार नवलपरासीको कावासोतीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले वाम गठबन्धन भ्रष्टचारीहरुलाई ढाकछोप गर्न र भ्रष्टचारीलाई संस्थागत गर्न गरिएको गठबन्धन भएको बताए । उनले अहिलेको दलहरुले देशमा विकल्प नदिने भएकोले नयाँ शक्तिको खाँचो रहेको बताए । उनले आइतबार नवलपुर क्षेत्रका विभिन्न स्थानमा भएका चुनावी सभामा सम्बोधन गरेका थिए

– चितवन पोष्टबाट ।