लन्डन- नेपालका विभिन्न संचार माध्यममा आवद्ध पाँच प्रथम नेपाली पत्रकार महिलाहरुको टोलीले आगामी सन् २०१८ को मध्यतिर विश्वको सर्वोच्च सिखर सगरमाथा आरोहण गर्ने भएका छन् ।
“समानताका लागि बुलन्द आवाज” भन्ने नाराका साथ सगरमाथा आरोहण गर्नेहरुमा राष्ट्रिय समाचार समितिकी रोशा बस्नेत, न्यूज २४ टेलिभिजनकी प्रियालक्ष्मी कार्की, नेपाल टेलिभिजनकी रोजिता बुद्धाचार्य, मेधा टेलिभिजनकी कल्पना महजर्जन र स्वतन्त्र पत्रकार देउराली चाम्लिङ छन् ।
महिलाहरू समान हक र अधिकारको लागि मात्र हैन सारीरिक एवं शाहसिक कार्यमा पनि समान रुपले अघि बढ्न सक्छन भन्ने सोचका साथ आफूहरुले सगरमाथा आरोहण गर्न लागेको रोशा बस्नेतले बताएकी छन् । विश्व पत्रकारीताको इतिहासमा नै महिला पत्रकारहरुद्वारा गरिएको यो पहिलो प्रयास जसले समाजको जल्दोबल्दो विषयलाई सगरमाथाको चुचुरोमा पुगेर विश्वसामू शन्देश फैल्याउने प्रयास गर्न लागेको र सगरमाथा आरोहण गर्नु भौतिक रुपमा मात्र नभई आर्थिक रुपमा पनि त्यत्तिकै कठिन भएको हुँदा प्रवासमा बस्ने नेपालीहरुबाट पनि ठूलो सहयोगको अपेक्ष्या राखेको हुँदा प्रवासमा बस्ने नेपालीहरुबाट सहयोगको ठूलो अपेक्ष्या राखेको र महिलाद्वारा गरिएको यो पहिलो प्रयासलाई सफल पार्न र हौसला प्रदान गर्नको लागि देश विदेशमा रहनुहुने सबैजनालाई उनि लगायत उनको टीमको तर्फबाट सहयोगको लागि टोली सदस्य रोशा बस्नेतले अनुरोध गरेकी छन् ।
महिलामाथि हुने गरेका भेदभाव र उनीहरुप्रति हेरिने नकारात्मक सोच अनि प्रवृतिलाई परिवर्तन गराउने उद्देश्यले कलम चलाउने हातहरुलाई विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा प्रथम नेपाली महिला पत्रकारको रुपमा पहिचान गराउँदै नेपाल पत्रकार माहासंघको झण्डा फहराउने उद्देश्य सहित सगरमाथा आरोहण गर्न लागेको उनीहरुको धारणा रहेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नागरिक, महिला तथा पत्रकारको हैसियतले पेचिलो सामाजिक जिम्मेवारीको बोध गर्दै ६४ वर्षको सगरमाथा आरोहणको इतिहासमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरेकी छन् । महिलाहरुद्वारा पनि आत्मविश्वासका साथ आफ्नो जीवनलाई नै जोखिममा राखेर अगाडि बढ्ने क्रममा सन् १९७५मा जापानी नागरिक जुन्को तावेई पहिलो महिला आरोही बनेकी थिइन् भने २०५० वैशाख १०मा पासाङल्हामु शेर्पाले पहिलो पटक सगरमाथाको आरोहण गरी नेपाली महिलाको झन्डा फहराइन् ।