३१ श्रावण २०८२, शनिबार
Follow Us

दीपक अधिकारीका दुई गजल

nepalbritain news
२० पुष २०७४, बिहीबार ०७:१६

१.
पराईहरु गर्छन् यहाँ नजिकिए जस्तो
आफ्नाहरु गर्छन सधै टाढीए जस्तो

तिम्लाई खुसी मिल्छ भने मेरो दुःख देख्दा
तिम्रै लागि गरीदिउला पछारिए जस्तो

यादहरुले गरी खान दिदैनन् अचेल
आउछन् अनि बनाउछन् निसास्सीए जस्तो

उपहारमा बाडुल्की पठाएर मलाई
गर्छिन उनले घरिघरि सम्झिए जस्तो

यो ज्यानलाई माया गर्ने तिम्रो मुटु पनि
समय संगै लाग्छ अचेल् बदलिए जस्तो

२.
पहिले मेरा चिठ्ठी पत्र थमाएर गई
अनि बल्ल अर्कैको हात समाएर गई

घर न घाट बनाएर मलाई यहाँ उस्ले
बिहे गरी अन्तै घरजम जमाएर गई

गाउँ घरमा चर्चा धेरै चल्या थियो हाम्रो
मेरो बदनाम गरी नाम कमाएर गई

मेरो लाशमा मलामिले कात्रो बेर्दै गर्दा
दुल्हा अनि जन्ति सङ्गै रमाएर गई

गरीब देखि होला मलाई धोका दिई उस्ले
धनि अनि पैसा वाला ठमाएर गई

दीपक अधिकारी चञ्चल
सन्धिखर्क अर्घाखाँची
२०७१-०८-०४ गते

धेरै पढिएको