लन्डन– तमु धीं लन्डनको १० औं वार्षिकोत्सव, ल्होसार कार्यक्रम तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
तमुहरुको महान पर्व खि ल्होसार तथा आफ्नो १० औं वार्षिकोत्सव कार्यक्रममा च्या ल्हो (चरा वर्ग) को विदाई र खि ल्हो (कुकुर वर्ग) को आगमनको पावन अवसरमा ल्होसार पर्ब स्वागत गर्न हजारौं तमुहरु सहभागी भए ।
ग्रिन फोर्ड टाउन हल लन्डनमा आइतबार विशेष समारोहमा प्रमुख अतिथि तमु धीँ यूकेका अध्यक्ष ग्याम गुरुङ तथा एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामी सहित संस्थाका उच्व व्यक्तित्वहरुले १० वटा बत्ती बालेर समुद्घाटन गरेका थिए । तमु धीं लन्डन इकाईका अध्यक्ष दीपक गुरुङ तथा उनकी धर्मपत्नी प्रथम लेडी बिना गुरुङले संस्था १० वर्ष पुगेको अवसरमा केक काटेर पटका पड्काएर धुमधाम ले उद्घाटन गरेका थिए ।
दिउँसो १ बजे धर्मगुरुबाट पूजाआजा गरेर सुरु भएको कार्यक्रम दिउँसो ४ बजेदेखि औपचारिकरुपमा सुरु भएको थियो ।
कार्यक्रममा तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले खी ल्होछार (कुकुर वर्ग) को शुभकामना व्यक्त गर्दै तमु धीं लन्डन इकाईले सामाजिक काममा
प्रशंसनीय कार्य गरिरहेको समेत बताए ।
कार्यक्रममा तमु धीं लन्डनका अध्यक्ष दिपक गुरुङ ‘डेबिड’ले महान पर्व ल्होछारको सांस्कृतिक पक्षबारे जानकारी गराउँदै आगामी पुस्तासम्म पनि नेपाली संस्कृतिक, कला र परम्परालाई जीवित राख्नुपर्ने बताउदै आफुले ५ वर्ष सम्म तमु धीं लन्डन इकाईमा रहेर काम गर्दा तपाइँहरुको साथ र सहयोगले आज हाम्रो सस्था ऊच स्थनमा पुगेकोमा गौरब महसुस भएको बताए छोटो र मिठो सम्बोधन गर्दै उपस्थित सम्पूर्ण लाई धन्यवाद दिए ।
कार्यक्रममा एनआरएन यूकेका महासचिव आरके त्रिपाठी, उपाध्यक्ष शेर सुनार तथा पुनम गुरुङ ,यति नेपाल एसोसिएसनका कार्यवाहक अध्यक्ष शशिधर नेपाल ,पूर्व अध्यक्ष उमेश मोक्तान एबं विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि लगायतका अतिथिहरुको उपस्थिति थियो ।
कार्यक्रममा गायिका मेलिना राईसहित नेपालबाट आएका ८ जना राष्ट्रिय कलाकारले सांगीतिक मनोरञ्जन दिएका थिए । सबै कलाकार तथा सहयोगीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष दिपक गुरुङ ‘डेबिड’ले नवनिर्वाचित अध्यक्ष चन्द्रबहादुर गुरुङसहितका पदाधिकारीलाई पद हस्तान्तरण गरेका थिए ।
महासचिव सुशील गुरुङले सञ्चालन गरेको कार्यक्रममा सांस्कृतिक कार्यक्रम भने पुर्ण गुरुङ र सन्जु घलेले चलाएका थिए ।
तमु धीँ यूकेका अध्यक्ष ग्याम गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सभापतित्व निवर्तमान अध्यक्ष दीपक गुरुङले गरेका थिए ।
दसौं वार्सिक अवसरमा ४० भन्दा बढी परिवार आजीवन सदस्य भएका थिए । कार्यक्रम सफल बनाउन आमा समुह, सल्लाहकार र युवा वर्गहरुको ठूलो भूमिका रहेको थियो ।
कार्यक्रमका संयोजन संस्थाका सांस्कृतिक सचिव भरत गुरुङले गरेका थिए ।