७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन युकेको २ सय सल्लाहकारको औचित्य

नेपालब्रिटेन डट कम्
३ माघ २०७४, बुधबार १७:५५


धर्मराज अधिकारी
। गैर आवासीय नेपाली संघ प्रवासमा रहेका नेपालीहरुको एकमात्र साझा र विश्वव्यापी (सार्क क्षेत्र बाहेक) सञ्जाल भएको संस्था हो ।

यस संस्थाप्रति नेपाल र प्रवास दुबैतिर आशा, भरोसा र निराशा दुबै छ । वेलायतमा रहेका करिब २ लाख नेपाली समूदायको प्रतिनिधी मूलक संस्थाको रुपमा गैरआवासीय नेपाली संघ वेलायत चिनिन्छ ।

दुई दुई वर्ष हुने निर्वाचनको वेला र त्यस पछि गठित नयाँ कार्यसमितिले मनोनयन गर्ने सल्लाहकारहरुका कारणले यो संस्था वेलाबेलामा चर्चामा आउने गर्छ ।

अहिले योग कुमार फगामीको नेतृत्वमा रहेको कार्यसमितिले करिब २ सय जनाको नाम सल्लाहकारमय प्रस्ताव गरे पछि समाजमा तरंग ल्याएको छ ।

सल्लाहकार बस्नेहरुलाई संघको प्रस्ताव तातो दुध निल्नु नओकेल्नु भन्ने जस्तो भएको हुनु पर्छ । संघको आग्रहमा सल्लाहकार नवस्दा संस्थाको विरोधी भइने डर, वस्दा पदलोलुप भइने डर ।

समाजका अग्रजहरु बेलावेलामा टिप्पणी गर्छन नेपालमा जे जस्तो सोच थियो अहिले पनि त्यो मानसिकता उस्तै छ, अपेक्षा धेरै गर्नुभन्दा यसैमा सन्तोष मान्नु बेश हुन्छ ।

विदेशमा हाम्रो नेपाली समूदायका धेरै अग्रज व्यक्तित्वहरुसंग नयाँ सोच, नयाँ विचार र लगानी गर्न सक्ने क्षमता वा हैसीयत छैन तर उहाँहरु केवल मान सम्मान र प्रतिष्ठाको पछाडि लागेको आभाष हुन्छ ।

अहिलेको समयमा एनआरएनए युकेको सल्लाहकार समिति त्यसैको एउटा पाटो हो । जसले जसरी ब्याख्या गरेपनि आखिर बेलायतका नेपालीहरुलाई मान, सम्मान, नाम, इज्जत चाहिएको छ । उनीहरुसंग धेरै चिज छ, एक अर्थमा सबैथोक छ । बस छैन त यहि सामाजिक प्रतिष्ठा ।

यति सानो संख्यामा रहेका नेपालीहरुले खोलेका संस्थाहरु तिनसय भन्दा बढि छन । राजनीतिक, जातीय, धार्मिक, सामाजिक, जिल्लागत मात्र होइन, ससाना सिमानाले छुट्टिएका एकै जिल्लाका धेरै संस्थाहरु बेलायतमा छन । धेरै जसो संस्थामा एकै अनुहारको हाली मुहाली छ ।

एउटा संस्थाको अध्यक्ष अर्कामा सल्लाहकार, तेश्रो संस्थामा आजीवन सदस्य र अर्कोमा पदाधिकारी भएका व्यक्तित्वहरु धेरै हुनुहुन्छ ।

यसको अर्को सामाजिक प्रतिष्ठ समेत जोडेको छ छरछिमेक देखी समाजमा प्रतिष्ठत व्यक्तित्वहरु समेत एनआरएन यूकेको सल्लाहाकारमा पर्दा मेरो बुढा किन परेन् भन्ने प्रश्न घरघर भित्र नआउन भन्न सकिन्न् ।

एनआरएन यूकेसंग आबद्ध एक पदाधिकारीका अनुसार गत हप्ता सम्पन्न बैठकमा पदाधिकारीहरुले खल्तिखल्तीबाट आआफ्नो लिस्ट निकालेका थिए । ती लिस्टमा विभिन्न संघसंस्था र राजनैतिक दलका व्यक्तिहरुले अदृष्य शक्तिका रुपमा पदाधिकारी मार्फत सल्लाहकारको लिस्ट थमाएका थिए ।

एक जना पत्रकारले आफ्नो टिमको सबै जना सल्लाहकारमा पर्दा आफु किन नपर्ने भन्दै एनआरएन यूकेका अध्यक्षसंग धर्ना टेकेका थिए । यस्तै व्यक्तिगत इयो, राजनैतिक खिचातानी र समाजमा मपाइत्व गर्ने व्यक्तित्वहरुको चंगुलमा एनआरएन यूके डुबेको देखिन्छ ।

सल्लाहकार कसरी व्यवस्थापन गर्लान त्यो एनआरएन युकेको कार्यसतिलिाई नै थाहा होला भलै यी सल्लाहकारहरुले दिने सल्लाह, सुझाव कार्यन्वयनको पक्षभने व्यवस्थापनपक्ष भन्दा पक्कै गाह्रो हुनेछ । सल्लाहकार नपाउनेहरुले एनआरएन यूके खिस्सी उठाउन पछि पर्ने छैनन् । कार्यसमितिका विजयी पदाधिकारीहरुले निर्वाचन अघि बाडेंका आश्वासनका पुलिन्दाले पनि सल्लाहकारहरुको संख्या निर्भर गरेको हुनसक्छ ।

तपाई र तपाईका तर्फबाट मलाई सहयोग गर्नुभयो भने, विजयी भएपछि म हेरौंला नि, हो, सम्मानका भोका नेपालीहरुलाई अहिले भएको यहि हो उहांहरुलाई निर्वाचन पछि हेरीएको हो, लगाएको गुन तिरिएको हो ।

गैरआवासीय नेपाली संघ यूकेले सल्लाहाकार चयन गर्नुभन्दा पहिला स्पष्ट मापदण्ड बनाउन आवश्य थियो । जस्तै गैरआवासीय नेपाली संघ (केन्द्र) ले विज्ञहरुको रहेको ११ सदस्सीय सल्लाहाकार चयन गरेको छ त्यसलाई एनआरएन यूकेले सामान्य मापदण्डको रुपमा लिन सक्थ्यो ।

खास अर्थमा सल्लाहकार भनेको आवश्यक पर्दा कार्यसमितिलाई सल्लाह, सुझाव दिनु हो, कुनै क्षेत्रका विज्ञहरुलाई यो सम्मान दिइनु सर्बथा जायज हुन्छ तर कसैलाई मञ्चमा उभ्याएर खादा लगाउनु र भाषणमा नाम उच्चारण गर्नमात्र यो पदको मर्यादा रहंदैंन ।