काठमाडौँ । नेकपा एमालेले भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठन भएको गौरीबहादुर कार्की नेतृत्वको आयोग खारेज गर्न माग गरेको छ।
मंगलबार बालुवाटारमा सरकारले बोलाएको सर्वदलीय बैठकमा एमालेका तर्फबाट महासचिव शंकर पोखरेलले १० बुँदे धारणा राख्दै यस्तो माग गरेका हुन्। कार्की आफैँ आन्दोलनलाई उक्साउने काममा लागेको भन्दै निष्पक्ष व्यक्तिलाई राखेर मात्रै आयोग बनाउनुपर्ने माग गरेको हो।
‘वर्तमान सरकारले गठन गरेको ‘कार्की आयोग’ स्वतन्त्र र निष्पक्ष छानबिन गर्न सक्ने अवस्थामा छैन,’ एमालेले भनेको छ, ‘आयोगका प्रमुख नै आन्दोलनलाई उक्साउने कार्यमा संलग्न रहेको प्रमाण सार्वजनिक भइसकेको छ। त्यसैले, वर्तमान आयोग खारेज गरी निष्पक्षता र विश्वासयोग्यता कायम गर्न सक्ने व्यक्तिहरूको सहभागितामा नयाँ आयोग गठन गर्न आवश्यक छ।’