५ कार्तिक २०८२, बुधबार
Follow Us

रौतहटमा गुडिरहेको यात्रुवाहक बसमा आगलागी

नेपालब्रिटेन संवाददाता
५ कार्तिक २०८२, बुधबार ०७:२३

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–४ पश्चिम लच्का नजिक बुधबार बिहान एक यात्रुवाहक बसमा आगलागी भएको छ ।

काठमाडौँबाट चन्द्रपुरतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ख ५५५५ नम्बरको बसमा ब्याट्रीको तार सर्ट भई आगलागी हुँदा बस जलेर पूर्णरूपमा नष्ट भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । बिहान ७ः२० बजे लागेको आगो ८:१५ बजे नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रुपा लाबुंगले जानकारी दिएका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीले बारुण यन्त्रको सहयोगमा बसमा लागेको आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट मानवीय क्षति नभएको प्रहरी नायब उपरीक्षक लाबुंगले बताए ।

धेरै पढिएको