२६ बैशाख २०८१, बुधबार
Follow Us

निर्वाचनको सम्पूर्ण परिणाम राष्ट्रपतिसमक्ष ५ गते बुझाउने

नेपालब्रिटेन डट कम्
२४ माघ २०७४, बुधबार ०९:४०

काठमाडौं । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले राष्ट्रियसभा सदस्य निर्वाचन सकिएलगत्तै बुधबारै मतगणना प्रारम्भ गरी बिहीबार (भोलि) सम्ममा सबै परिणाम घोषणा गरिसकिने बताएका छन् । प्रदेश नम्बर–३ को मतदानस्थलमा पुगेका आयुक्त पौडेलले भने, केही प्रदेशको बुधबारै साँझ र बाँकीको बिहीबारसम्ममा परिणाम आउने छ ।
राष्ट्रियसभाको परिणाम आउनेबित्तिकै प्रतिनिधिसभामा समानुपातिकतर्फको नामहरु तीन दिनभित्र आयोगमा पठाउन बिहीबार नै पत्राचार गरिने उनले बताए । उनले आयोगले ढिलोमा फागुन ५ गतेभित्र अन्तिम निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी भइरहेको जानकारी पनि दिए । आयोगले अन्तिम मतपरिणामको प्रतिवेदन बुझाएलगत्तै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।