एकैघरका दुई बालबालिका सम्पर्कविहिन भएका छन् । पोखरा लेखनाथा महानगरपालिका–२५ हेम्जाबाट बेपत्ता भएका दुई बालबालिकाको अझै फेला परेका छैनन् । म्याग्दीको मालिका गाउँपालिका–७ ( साविकको विम गाविस–२ तल्लो गाउँ) स्थायी घरभई हेम्जा खड्केगौडा बस्ने दिलकुमारी विककी ११ बर्षीय सञ्जु, सात बर्षीय छोरा सिप्जन विक घर नजिकबाट आफन्त मञ्जु विकले बेनीअनलाइनलाई बताईन् ।
विद्यालयबाट आएपछि घर नजिकै खेलिरहेको अवस्थामा बेपत्ता भएपछि खोजीकार्यको क्रममा आफन्तले सोही दिन साँझ ७ बजे भेटेको बताएपछि सोही आसपासका क्षेत्रबाट खोजीकार्य सुरू गरिएको उनले बताईन् । बेपत्ता सञ्जु र सिप्जनका पिता परिवारबाट बाहिर बस्ने गरेका पनि उनीले लगेको अनुमान गरिएको थियो । हाल जाजरकोटमा रहेको देब बहादुर विकले आफुँसंग सम्पर्कमा नआएको बताएपछि खोजीकार्यलाई तिब्र पारिएको छ।
पोखरामा रहेका म्याग्देलीबाट समेत खोजीकार्यमा पहल गर्न अनुरोध गरेका छन् । प्रहरीले समेत कास्की, आसपासका क्षेत्रमा रहेका प्रहरीको चौकीमा बालबालिकाको हुलिया अनुसार खोजीकार्य गरिरहेको जनाएको छ ।