१३ कार्तिक २०८२, बिहीबार
Follow Us

आगोमा जलेर एक महिलाको मृत्यु

nepalbritain news
१६ फाल्गुन २०७४, बुधबार ०५:५९

इलाम । आगो ताप्ने क्रममा शरीरमा आगो सल्किँदा इलाममा एक महिलाको मृत्यु भएको छ।

मंगलबार शरीरमा आगो सल्किएकी माईजोगमाई-५ की ५५ वर्षीय निरकुमारी राईलाई उपचार गर्न लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ।

उनी आगो ताप्ने क्रममा चुलोमा लड्दा शरीरमा आगो लागी घाइते भएको बताइएको छ। धरानको घोपातर्फ लैजाँदै गर्दा बाटोमा उनको मृत्यु भएको बताइएको छ। अहिले उनको शव घर फर्काइएको छ।
-रासस

धेरै पढिएको