दमक — खोला उत्खनन गर्दा बनेको खाल्डोमा जमेको पानीमा डुबेर बुधबार झापाको दमकमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बुका १२ वर्षीय प्रकाश बस्नेत रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक गिरीका अनुसार बालक दमक-३ स्थित मावा खोलाको खाल्डोमा डुबेका थिए । एक्लै नुहाउन पसेका बालकको दिउँसो २ बजे डुबेर मृत्यु भएको डीएसपी गिरीले बताए ।
-कान्तिपुरबाट ।