२८ बैशाख २०८१, शुक्रबार
Follow Us

राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय खुल्यो

नेपालब्रिटेन संवाददाता
१८ फाल्गुन २०७४, शुक्रबार ०४:३१

काठमाडौं । निर्वाचन आयोगले आउने फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आयोगले संघीय संसद् भवन, नयाँ बानेश्वर परिसरमा राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
नेपालको संविधान बमोजिम नयाँ राष्ट्रपतिको निर्वाचन गर्न आयोगले पाटन उच्च अदालतका न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिसकेको छ । आयोगबाट यसअघि नै राष्ट्रपति निर्वाचनको तालिका सार्वजनिक भइसकेको छ ।
निर्वाचन तालिकाअनुसार मतदाता नामावली प्रकाशन फागुन २१ गते, उम्मेदवारको मनोनयनपत्र दर्ता फागुन २३ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशन २४ गते र फागुन २९ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ ।
राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने संवैधानिक व्यवस्था छ ।