२२ बैशाख २०८१, शनिबार
Follow Us

आजबाट संसद अधिवेशन सुरु

नेपालब्रिटेन संवाददाता
२१ फाल्गुन २०७४, सोमबार ०४:०२

काठमाडौं । आज संघीय संसद्को पहिलो तथा ऐतिहासिक बैठक बस्दै छ । हिजो तल्लो र माथिल्ले सदनका सांसद्हरुले पद तथा गोपनीयताको सपथग्रहण गरेसँगै संसद सञ्चालनमा आएको हो ।
आजको बैठक अपराह्न ४ बजेका लागि तोकिएको छ । आजबाट औपचारिक रुपमा संसद अधिवेशन सुरु हुने छ । आजको बैठक ज्येष्ठ सदस्य महत्थ ठाकुरकै अध्यक्षतामा बैठक बस्नेछ । बैठकको सुरुमा ज्येष्ठ सदस्य ठाकुरले राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन आह्वानका लागि पठाएको पत्र पढेर सुनाउने कार्यतालिका छ ।
त्यस्तै, पत्र पढिसकेपछि प्रतिनिधि सभाको अन्तरिम कार्यविधि २०७४ लाई पारित गर्नको लागि बैठकसमक्ष पेश गर्ने कार्य तालिका रहेको छ । त्यसपछि प्रतिनिधि सभाको अन्तरिम कार्यविधि अनुसार सभामुखको अनुपस्थितीमा बैठकको अध्यक्षता गर्ने सदस्य चयन गर्ने कार्यतालिका रहेको संसद् सचिवालयले जनाएको छ। बैठकको अन्त्यमा सभामुख चयनको लागि निर्वाचनको मिति तय गरेर बैठक समापन हुने कार्यतालिका छ ।