२० बैशाख २०८१, बिहीबार
Follow Us

पूरा नहुने आयोजना शिलान्यास गर्दिन : प्रम ओली

नेपालब्रिटेन संवाददाता
२४ फाल्गुन २०७४, बिहीबार १४:२२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पूरा नहुने योजनाहरुको शिलान्यास नै नगर्ने उद्घोष गरेका छन् । राजधानीको भृकुटीमन्डपमा बिहीबारदेखि सुरु भएको सातौं अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पूरा हुन नसक्ने शर्त भएका र पूर्वाधार नभएका आयोजनाको शिलान्यास नगर्ने बताए ।

रकम घटाएर ठेक्का लिने तर कामै नगरी वर्षा बसेर पैसा थपाउने विकृतिको पनि अन्त्य गर्ने उनको भनाइ थियो । सरकार भ्रष्टाचारविरुद्ध निर्मतापूर्वक लागेको भन्दै उनले उत्पादन वृद्धि र रोजगारी सिर्जनाका लागि नयाँ योजनाहरु लागू गर्ने पनि बताए । नेपाल भीकमंगाको देश नभएकाले काम गर्न नसक्नेहरुलाई सरकारले नै पाल्ने भन्दै प्रधानमन्त्री ओलीले त्यसका लागि चाँडै नै योजना सार्वजनिक गर्ने पनि बताए ।