 nepalbritain news
                    nepalbritain news 
            
            जिन्दगीको एक पलको पनि भरोसा छैन। कसैले भन्न सक्दैन कुन बेला मृत्यु आउँछ। त्यस्तै देखियो भारतको राजस्थानमा जहाँ एक समारोहमा नृत्य गरिरहेका एक युवकको मृत्यु हुन्छ। उक्त घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
घटना राजस्थानको जोधपुरको हो जहाँ २२ वर्षीय विजय आफ्नो आमा बुवाको २५ओं वैवाहिक वर्षगाँठको अवसरमा आयोजित समारोहमा आफ्नो हुनेवाली श्रीमती सँग नृत्य गर्दै थिए।
भिडियोमा देखिए अनुसार उक्त जोडी बलिउड चलचित्रको एक चर्चित गीतमा नृत्य गर्दै थिए। गीतमा नाच्दा नाच्दै युवक स्टेजमा एकाएक ढल्छन्। त्यहाँ उपस्थित सबैलाई लाग्छ ती युवक नृत्यको कुनै स्टेप गर्दै छन्।
केही बेर नउठेपछि युवती ती युवकलाई उठाउन कोशिश गर्छिन्। त्यसो गर्दा पनि युवक नउठेपछि परिवार सदस्यले उनलाई अस्पताल पुर्याउँछन् जहाँ उनलाई मृत घोषित गरिन्छ। डाक्टरका अनुसार हृदयघातको कारण उनको निधन भएको हो।