२० बैशाख २०८१, बिहीबार
Follow Us

काँग्रेस बैठक आज पनि बस्दै

नेपालब्रिटेन संवाददाता
१३ चैत्र २०७४, मंगलवार ०४:४८

काठमाडौं । काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठकमा आज पनि केन्द्रिय सदस्यहरुले आफ्ना धारणा राख्ने बताइएको छ । हिजोको बैठकमा संघीय संरचनाअनुसार पार्टीको संरचनालाई अघि बढाउन तत्काल महासमिति बैठक बोलाएर विधान संशोधन गर्न सुझाव दिइएको छ ।

निर्वाचनको समीक्षा गर्न शुक्रबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा अधिकांश केन्द्रीय सदस्यले मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका विभिन्न आन्दोलनको नेतृत्व गरेका नेपाली काँग्रेस अरुका कारण नभई आफ्नै कमी कमजोरीका कारण अहिले कमजोर जस्तो देखिन पुगेको धारणा राख्नुभएको थियो ।

बैठकमा केन्द्रीय सदस्य आनन्द ढुंगानाले महासमितिको बैठक बोलाएर संघीय संरचनाअनुसार पार्टीलाई अघि बढाउन विधान संशोधनलगायतका विषयलाई अघि बढाउनुपर्ने सुझाव दिनुभएको थियो ।