काठमाडौं । गृहमन्त्रालयको बढुवा सिफारिस समितिले २२ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको छ । बढुवा समितिको बैठकले जनपद प्रहरीतर्फका २२ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।
बढुवाको सिफारिस सूचीमा राजेन्द्र ढकाल पहिलो नम्बरमा छन् । सहकुल बहादुर थापा, अरुणकुमार बीसी, प्रकाश अधिकारी, सुशीलकुमार यादव, मुकुन्दराज आचार्य, शरदकुमार खत्री, हरिराज वाग्ले, दिलिपबहादुर बस्नेत, पूजा सिंह, विभूतिराज पाण्डे, विक्रमबहादुर चन्द, भोजजंग शाह, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी, मसाउद आलम खाँ, किशोरकुमार दाहाल, शेखर कोइराला र प्रदीपकुमार श्रेष्ठ रहेका छन् । लगायत बढुवाको सिफारिसमा परेका छन् ।
सोमबार गृहमन्त्रालयले १६ जना एसएसपीलाई डिआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । संशोधित प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम ४ अनुसार बढुवा सिफारिस सूची सार्वजनिक गरिएको गृह मन्त्रालयले जनाएको छ ।