२० बैशाख २०८१, बिहीबार
Follow Us

दिपेनको ‘रेशमी रेशमी कपालै..’ (भिडियोसहित)

नेपालब्रिटेन संवाददाता
२९ बैशाख २०७५, शनिबार ०६:०१

काठमाडौं । गायक दिपेन गुरुङको ‘रेशमी रेशमी’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियो दिपेनको पहिलो एल्बम ‘प्रतिविम्ब’को हो । अरु एल्बम र भिडियो गर्दागर्दै पहिलो एल्बममा समावेश ‘रेशमी रेशमी’को भिडियो ल्याउने बल्ल साइत जुरेको दिपेनले बताए ।

करिब दशकयता गीतसंगीत क्षेत्रमा क्रियाशिल दिपेन पछिल्लो केही समयदेखि अमेरिकामा बस्दै आएका छन् । अमेरिकामै भएर पनि उनले गीतसंगीतलाई निरन्त्रता दिँदै आएका छन् । यसको पछिल्लो उदाहरण हो, ‘रेशमी रेशमी ।’

दिपेनको यस पछिल्लो गीतमा शब्द तथा संगीत धनु ग्यग्मीको रहेको छ । चन्दु गोर्खालीको एरेन्ज रहेको यस गीतको भिडियोलाई मनि के. राईले निर्देशन गरेका हुन् भने छायांकन मेन समिर गुरूङले गरेका छन् । ओम प्रसाईले सम्पादन गरेको यस भिडियोमा सिर्जना क्षेत्री र राज गुरुङले अभिनय गरेका छन् ।