२७ बैशाख २०८१, बिहीबार
Follow Us

प्रदेशसभा सदस्य लामिछानेलाई मष्तिस्कघात

नेपालब्रिटेन संवाददाता
३१ बैशाख २०७५, सोमबार ०५:५६

काठमाडौं । प्रदेश नं ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको स्वास्थ्य अवस्था गम्भीर भएको छ । रारा क्षेत्रको भ्रमण सकेर शनिबार साँझ मात्रै घर फर्किनु भएका उहाँलाई आज मष्तिस्काघात (ब्रेन ह्यामरेज) भएको हो ।
चाँगुनारायण नगरपालिका–६ तेलकोट निवासी लामिछानेलाई आज अचानक ब्रेन ह्यामरेज भएपछि उहाँको अवस्था गम्भीर भएको नेकपा (एमाले) जिल्ला कमिटी भक्तपुरका सदस्य एवं स्थानीयवासी निरञ्जन बजगाईंले जानकारी दिनुभयो ।
उहाँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको र उहाँको अवस्था स्थिर रहेको उहाँले बताउनुभयो ।
लामिछानेको स्वास्थ्य अवस्था बुझ्न नेकपा (एमाले) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमाले नेता कृष्णगोपाल श्रेष्ठलगायतका नेताहरु अस्पताल पुगेर उहाँको अवस्थाबारे जानकारी लिनुभएको छ ।
शनिबार मात्रै राराबाट घर फर्कनुभएका उहाँको अवस्था चिन्ताजनक भएपछि अस्पतालमा एमालेका नेता तथा कार्यकर्ताको भीड लागेको छ । उहाँ नेकपा (एमाले) को तर्फबाट भक्तपुर क्षेत्र नं १ प्रदेश नं २ बाट प्रदेशसभा सदस्यमा निर्वा्चित हुनुभएको थियो ।