१ जेष्ठ २०८१, मंगलवार
Follow Us

पूर्वगृहमन्त्री दानबहादुर शाहीको निधन

नेपालब्रिटेन संवाददाता
२० जेष्ठ २०७५, आईतवार ०६:२२

काठमाडौं । पूर्वगृहमन्त्री दानबहादुर शाहीको निधन भएको छ । शाहीको ७६ वर्षको उमेरमा ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । आज विहान ७ बजेपछि उहाँको निधन भएको परिवारका सदस्यहरुले बताएका छन् । श्वासप्रश्वास, मुटु रोगसँगै दुवै मिर्गाैला फेल भएर डाइलाइसिस् गर्दै आएका शाही अढाइ महिनाअघि अस्पताल भर्ना हुनु भएको थियो ।

लामो समय निजामति सेवामा बिताउनु भएका शाहीले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी, अञ्चलाधीश भएर काम गर्नु भएको थियो । डोटीको मुम्राकोट घर भएका शाही तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालका गृहमन्त्री हुनु भएको थियो । उहाँको आजै पशुपति आर्यघाटका अन्तिम दाहसंस्कार गरिने उहाँका भतिजा नेत्रबहादुर शाहीले जानकारी दिनु भयो ।