३० बैशाख २०८१, आईतवार
Follow Us

हराएको रु पाँचलाख फेला पारेर सम्बन्धित धनीलाई जिम्मा

नेपालब्रिटेन संवाददाता
२२ जेष्ठ २०७५, मंगलवार १४:१८

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्याक्सीमा हराएको रु पाँच लाख फेला पारेर सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । महाशाखाको टोलीले आज बिहान ७ बजे सोलुखुम्बु घर भई काठमाडौँ कपन बस्ने ५० वर्षीय वीर्घधन राईले बागबजार आउने क्रममा हराएको रु पाँच लाख फेला पारेर सम्बन्धित धनीलाई बुझाएको हो ।

राईले ट्याक्सीमा पैसा छुट्ने बित्तिकै महाशाखामा खबर गरेपछि महाशाखाको टोलीले सिसिटिभी फुटेज चेकजाँच गर्दा बा १ ज १२७५ नम्बरको ट्याक्सीबाट उक्त रकम फेला पारेर हो । सिसी क्यामराको फुटेजबाट ट्याक्सी चालक ओमप्रसाद डोटेललाई नियन्त्रणमा लिएर सोधपुछ गरेपछि उक्त रकम फेला परेको महाशाखाले जनाएको छ ।

फेला परेको रकम महाशाखाका प्रहरी नायब उपरीक्षक विश्वराज पोखरेलले राईलाई हस्तान्तरण गर्नुभयो । रकम हस्तान्तरण गर्दै प्रनाउ पोखरेलले काठमाडौँमा विभिन्न समयमा सवारी साधनमा सामान हराउने गुनासो महाशाखामा आएपछि सार्वजनिक सवारी साधनको भित्री भागमा नम्बर राख्ने व्यवस्था गरिएको बताउनुभयो ।