२८ बैशाख २०८१, शुक्रबार
Follow Us

विश्वकप फुटबल : आयोजक रुसको दमदार सुरुवात

नेपालब्रिटेन संवाददाता
१ असार २०७५, शुक्रबार ०५:२१

मस्को । आयोजक रुसले २१ औं विश्वकप फुटबलमा राम्रो सुरुवात गरेको छ । मस्कोस्थित लुजनिकी रंगशालामा भएको उद्घाटन खेलमा रुसले एसियाली टोली साउदी अरबलाई ५–० गोलले हरायो । रुसको जितमा दुई गोल वैकल्पिक खेलाडीले गरे ।

पहिलो हाफमा २–० गोलले अगाडि रहेको रुसले दोस्रो हाफमा ३ गोल थपेको थियो। रुसका डेनी चेरिसेफले दुई तथा युरी गाजेँस्किी, अलेक्जान्डर गोलोभिन र आरटिम डिजुवाले एक एक गोल गरे। गाजेस्कीले १२ औं मिनेटमा प्रतियोगिताकै पहिलो गोल गरे ।

२४ औं मिनेटमा प्रतिस्थापित खेलाडीका रुपमा मैदान छिरेका चेरिसेफले ४३ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा रुसलाई २(० गोलले अगाडि बढाए । ७० औं मिनेटमा बेन्चबाट आएका डिजुवाले दुई मिनेटलगत्तै गोल गरेका थिए। चेरिसेफले इन्जुरी समयमा एक गोल थपेका थिए। यस्तै इन्जुरी समयमै गोलिभिनले फ्री किकमा गोल गरेका थिए । यो समुहमा रहेका इजिप्ट र उरुगेको खेल शुक्रबार ५ः४५ मा हुँदैछ ।