३० बैशाख २०८१, आईतवार
Follow Us

भानुजयन्तिमा सगरमाथाकी छोरीको विमोचन

नेपालब्रिटेन संवाददाता
१ श्रावण २०७५, मंगलवार १०:०४

क्यानडा । राजधानी अटवामा २०५ औ भानुजयन्ति तथा अन्तर्राष्ट्रिय नेपाली भाषा तथा साहित्यि दिवश एक साहित्यक कार्यक्रमका साथ सम्पन्न भयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्यानडा र गैह्रआवासिय नेपाली संघ क्यानडाको संयुक्त आयोजनामा भानुभक्तको तश्विरमा फूल तथा अविरल अर्पणबाट शुरुभयो ।

क्यानडाका लागि नेपाली राजदूत कालिप्रसाद पोखरेल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्यानडाका अध्यक्ष कमल कोइराला र एनआरएन उपाध्यक्ष रमेश बानियाँले आदि कविको तश्विरमा फूल तथा अविर अर्पण गरेर आदिकविप्रति श्रद्धा तथा सम्मान दर्शाउनु भएको थियो ।

कार्यक्रममा सहभागिलाई स्वागत गर्दै संस्थाका कोषाध्यक्ष नविन सुवेदीले मन्तव्यद्धारा स्वागत गर्नुभयो । यस्तो शुन्दर मौशममा, हप्ता अन्तको व्यस्त समयमा पनि आदिकवि र नेपाली भाषा साहित्यलाई माया र सत्भाव राखेर उपस्थित हुनुहुनेहरुकै योगदानबाट हामी प्रेरित छौ सुवेदीले भन्नुभयो ।

गैरआवासिय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद भाषा तथा साहित्य उपसमितिका सदस्य सुरेन उप्रेतीले आदिकविको जीवनीबारे चर्चा गर्नुभयो । तनहूँको रम्घामा बाजे कृष्णप्रसाद आचार्य र बाबु धनन्जय आचार्यका सुपुत्र भानुभक्तले नेपाली भाषालाई अमर र स्थापित गराउँन ठूलो योगदान पुर्याएकोबारे प्रष्ट्याउनुभयो । नेपाल भित्ररहेका १२३ भाषाभाषीलाई एउटै मालामा जोड्ने काम नेपाली भाषा मार्फत भानुभक्तले गरेका हुन । तात्कालिन उर्दू फारसी र हिन्दी भाषाको दब्दवा भएको अवस्थामा संस्कृत भाषाको वाल्मिकी रामायणलाई भानुभक्तले नेपाली भाषामा उल्था गरे ।

उनले सरल र सहज ढंगले नेपाली भाषामा लेखेको हुनाले रामायणका श्लोकहरु कर्णप्रिय बनेर जनजिब्रोमा झुण्डिए । मोतिराम भट्टले भानुभक्तको जीवनी प्रकाशन गर्नुका साथै सबै कृतिहरुलाई खोजीखोजी प्रकाशन गरे । त्यसताका पुस्तक प्रकाशन गर्नु भनेको आजजस्तो सरल थिएन । मोतीले कलकत्तामा लगेर प्रकाशन गरेका हुन । अल्प आयूमै धेरै काम गर्न सफल मोतीरामले नै भानुको थालनीलाई पूर्णता दिए ।

कार्यक्रममा सुरेन उप्रेतीद्धारा कक्षा दुईदेखि कक्षा आठसम्म पढ्ने वालवालिकाहरुका लागि अंग्रेजी भाषामा लेखेर क्यानडामा नै छापिएको सगरमाथाकी छोरी पुस्तकको राजदूत पोखरेलबाट बिमोचन भयो । उक्त पुस्तकको बारेमा अम्विका सुवेदीले चर्चा गर्नु भएको थियो । यो पुस्तकले नेपालको संस्कृति, नेपाली ग्रामिण वालवालिकाहरुको अवस्था र उनीहरुले गरेका कठोर परिश्रमको मिठो प्रतिफलका बारेमा लेखिएको छ । यो किताब नारी उत्थानमा केन्द्रित भएर लेखिएको छ । यसले शहर र सम्पन्नतामा हुर्कीएका नानीवावुहरुलाई जीवनबारे राम्रो शिक्षा दिन्छ र महत्वबुझाउँछ ।

क्यानडाका लागि नेपाली राजदूत कालिप्रसाद पोखरेलले नेपालीहरुले आज सन्सारभर छरिएर देश दूतको रुपमा काम गरिरहनु भएको छ । यस्ता कृतिहरु प्रकाशन गरेर तपाईहरुले अवैतनिक रुपमा नेपालको भाषाकला साहित्य संस्कृतिलाई फैलाउने र प्रवर्धन गर्ने काम गरी रहनुभएको छ । यस्ता साहित्यक कार्यक्रम गरेर सबै नेपालीलाई नेपाली भाषा र संस्कृतिप्रति नजिक बनाएर राख्नुभएको छ । नेपाली राजदूतावास पनि तपाईहरुसँग एकाकार भएर अगाडि बढेको र सँधैसँगै रहने बचनबद्ध गर्दछु भन्नुभयो ।

एनआरएनका उपाध्यक्ष रमेश वानियाँले अर्को पटकदेखि अझ व्यापक रुपमा कार्यक्रम गर्न पहल गर्ने भन्दै अनेसासले निरन्तर भाषासाहित्यप्रति काम गरेकोमा आभार तथा धन्यवाद दिनुभयो । कार्यक्रकमको अध्यक्षता गर्नुहुने कमल कोइरालाले भानुभक्तका भोली भोलीभन्दै सबघर वितिगो र उधम्विना बस्ने जीउँदै मरेसमान हुन भन्ने भावका कविताबारे चर्चा गर्नुहुँदै सबैलाई धन्यवाद दिनुभयो । अटवा सिटिजनको हलमा संचालित कार्यक्रमलाई संस्थाका महासचिव सन्तोष बरालले भानुभक्तका कविताहरुको प्रसंग प्रस्तुत गर्दै रोचक ढंगले सन्चालन गर्नुभएको थियो ।
– सुरेन उप्रेती / अटवा