१४ बैशाख २०८१, शुक्रबार
Follow Us

केशर महल ; एक जानकारी

sarusaru
३१ श्रावण २०७५, बिहीबार ०४:०९

काठमाण्डौ – चन्द्र शमसेर सत्तामा रहँदा निर्मित यस दरबार चन्द्र शमसेरले आफ्नो साहिँला छोरा केशर शमसेरलाई दिएपछि केशर महलको नामले प्रख्यात भएको थियो । विलासी जीवनशैली भएका केशर शमसेर सिंहदरबारमा नबसी केशरमहलमै सुरा–सुन्दरीहरुसँगै ज्यादा समय बिताउँथे र केटीहरुकै निमित्त पैसा उडाउँथे । आफ्नो बुवाजस्तै जुवाको सौखिन केशर शमसेरले चन्द्र शमसेरसँग जुवामा जितेको १ लाखले केशर महलमा भव्य बगैँचा निर्माण गराए , जसलाइृ स्वप्न बगैँचा भनिन्छ । आफ्नो बुवाको २९ वर्षे शासनकालमा यिनले वीर पुस्तकालयबाट अधिकांश पूस्तक ओसारी बनाएको केशर पुस्तकालय वि.संस २०२१ सालमा केशर शमसेरको मृत्युपश्चात् उनको इच्छानुरुप नेपाल सरकारलाई हस्तान्तरण गरियो । हाल यो दरबारमा केशर पुस्तकालय रहेको छ ।