१८ बैशाख २०८१, मंगलवार
Follow Us

यौन दुव्र्यवहार गर्ने फरार शिक्षक पक्राउ

नेपालब्रिटेन संवाददाता
१८ भाद्र २०७५, सोमबार १४:१९

उदयपुर । त्रियुगा नगरपालिका–३ बगाहाका राष्ट्रिय उच्चमाविका शिक्षक वीरेन्द्र बस्नेतलाई आफ्नै विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बस्नेतले यही भदौ १० गते रातको समयमा आफ्नै विद्यालयका कक्षा ७ मा अध्ययन गर्ने १३ वर्षीया छात्राको घरमा गएर कोठामा प्रवेश गरी यौन दुव्र्यवहार गरेका थिए । छात्रा कोठामा चिच्याएपछि बस्नेत फरार भएका थिए ।

छात्राका आफन्तले प्रहरीमा जाहेरी दिएपनि फरार रहँदै आएका बस्नेत गत शनिबार पक्राउ परेका थिए । पक्राउ गरिएका बस्नेतलाई बालिका यौन दुव्र्यवहारसम्बन्धी मुद्दा दर्ता गरेको जिप्रका उदयपुरका प्रमुख चन्द्रदेव राईले बताए ।