१८ बैशाख २०८१, मंगलवार
Follow Us

सङ्घीयता मुलुकले थेग्न सक्दैन : अध्यक्ष केसी

नेपालब्रिटेन संवाददाता
२३ भाद्र २०७५, शनिबार १५:१४

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रियता र जनजीविकाका सवालमा सरकार कमजोर देखिएको आरोप लगाउनुभएको छ । राष्ट्रिय जनमोर्चा काठमाडौँको पाँचौ जिल्ला सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले मुलुकले सङ्घीयता थेग्न नसक्ने भएकाले जनताले नै यसलाई तिरष्कार गर्ने बताउनुभयो ।

अध्यक्ष केसीले सङ्घीयता खारेज नभएसम्म आफ्नो पार्टीले सो मुद्दा नछाड्ने स्पष्ट पार्नुभयो । त्यसअघि शान्तिबाटीकाबाट शुरु भएको -याली विभिन्न स्थान हुँदै प्रज्ञा भवन कमलादीमा पुगेर सम्मेलनमा परिणत भएको थियो ।