९ भाद्र २०८२, सोमबार
Follow Us

‘छक्का पन्जा ३’ को यस्तो गीत गाए निर्माता ,निर्देशकहरुले (भिडियो)

nepalbritain news
१५ आश्विन २०७५, सोमबार १३:३२

काठमाडौँ। यस वर्षको प्रतीक्षित चलचित्र ‘छक्का पन्जा ३’ को चर्चा अहिले चुलिएको छ। घटस्थापनामा रिलिज हुने चलचित्र ‘छक्का पन्जा ३’को केही दिन अगाडि ट्रेलर रिलिज भएको थियो जुन निकै रुचाइएको छ। ट्रेलरले अहिले पनि युट्युबको ट्रेडिङमा आफ्नो स्थान ओगटिरहेको छ।

चलचित्रको कलाकारहरूमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल, दिपिका प्रसाईँ, प्रियङ्का कार्की, स्वस्तिमा खड्का, वर्षा राउत, सन्जोग कोइराला, नीर शाह, बसन्त भट्ट, बुद्धि तामाङ आदि कलाकारहरू रहेका छन् ।

चलचित्रको रिलिज मिति नजिकिँदै गर्दा कलाकारहरू चलचित्रको प्रोमोसनमा व्यस्त रहेका छन्। उनीहरु चलचित्रको प्रोमोसनको लागि आफ्नै स्वरमा गीत रेकर्ड गराएका छन्। हेर्नुस् यस्तो छ गीत।

डिसी नेपाल

धेरै पढिएको