९ भाद्र २०८२, सोमबार
Follow Us

सन्दिप लामिछाने ‘म्यान अफ द म्याच’ घोषित

nepalbritain news
२४ आश्विन २०७५, बुधबार ०६:५०

काठमाडौँ । मलेसियामा जारी आइसिसी विश्व टी-२० एशिया छनोट समूह ‘बी’अन्तर्गत पाँचौँ खेलमा चीनको तीन विकेट लिएका नेपालका सन्दिप लामिछाने म्यान अफ द म्याच घोषित भएका छन्।

म्यान अफ द म्याच घोषणा भइसकेपछि डिसी नेपालसँग कुराकानी गर्दै सन्दिपले आफ्नो मेहनत अनुसार खेलमा सफलता प्राप्त गरेको बताए। दुबैमा हुने अर्को टुनामेन्टमा पनि यसरीनै सबै जना मिलेर सफलताका लागि राम्रो प्रयास गर्ने बताए।

विश्व टी(२० एशिया छनोट समूह ‘बी’अन्तर्गतको पाँचौँ खेलमा चीनलाई पराजित गर्दै नेपालले लगातार जित निकालेको हो।

टस हारर पहिले ब्याटिङ गरेको चीनले दिएको २७ रनको लक्ष्य पछ्याएको नेपालले १ दशमलव ५ ओभरको खेलमा कुनै विकेट नगुमाइ पुरा गर्यो। नेपालका लागि बिनोद भण्डारीले सर्वाधिक २४ रन बनाए। उनले ८ बलमा ३ चौँका र १ छक्काको मद्दतमा २४ रन बनाए भने प्रदीप ऐरीले ३ बलमा ४ रनको योगदान गरे।

पहिले ब्याटिङ गरेको चीनका लागि ओपनर होङ जियाङ यानले मात्र दोहोरो अंक जोड्न जोड्न सके भने आठ ब्याट्सम्यानले कुनै पनि रन बनाउन सकेनन्।

नेपालका लागि सन्दिप लामिछाने, ललित राजवंशी र बसन्त रेग्मीले ३,३ विकेट लिए। एक जना ब्याट्सम्यान भने रन आउट भए।

यस अघ भएका ४ वटा खेलमा पनि नेपालले लगातार जित हात पारेको थियो। नेपालले यसअघि भुटान, म्यान्मा, आयोजक मलेसिया र थाइल्याण्डलाई पराजित गरेको थियो।
रासस

धेरै पढिएको