१८ बैशाख २०८१, मंगलवार
Follow Us

मन्त्रिपरिषद्द्वारा राष्ट्रपतिको कतार भ्रमण स्वीकृति

नेपालब्रिटेन संवाददाता
११ कार्तिक २०७५, आईतवार १२:३२

काठमाडौं । मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीको सोमबारदेखि हुने मित्र राष्ट्र कतार भ्रमण स्वीकृत गरेको छ । राष्ट्रपति भण्डारी कतारका अमिर शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा यही कात्तिक १२ देखि १५ गतेसम्म प्रतिनिधिमण्डलका साथ त्यहाँको भ्रमण गर्दै हुनुहुन्छ ।

नेपाल–कतारबीच द्विपक्षीय सम्बन्ध र सहयोग सुदृढ गर्ने सो भ्रमणको मुख्य उद्देश्य रहेको छ । उक्त अवसरमा कृषि तथा पशुपक्षी विकाससम्बन्धी, स्वास्थ्यसम्बन्धी, सुरक्षा सहयोगसम्बन्धी, प्रेस तथा सूचनासम्बन्धी तथा दुवै देशका कूटनीतिक राजदानी वाहकका लागि प्रवेशाज्ञा छुट दिने समझदारीपत्रमा हस्ताक्षर गरिने छ । बैठकले गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायलाई पदमुक्त गर्ने निर्णय समेत गरेकोमन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद्को बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टलाई नेपाल–मलेशिया सरकारबीच कामदार आपूर्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने अख्तियारी प्रदान गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।

सोमबार श्रममन्त्री विष्ट र मलेसियाका मानव संसाधनमन्त्री एम कुलासेगरानबीच सो सम्झौतापत्रमा हस्ताक्षर हँुदैछ । मन्त्रिपरिषद्को बैठकले सरकारी निकायमा विद्युतीय पत्राचार व्यवस्थापन निर्देशिका नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि गरेको छ ।