१५ बैशाख २०८१, शनिबार
Follow Us

नयाँ युगको दोस्रो दिन यात्रुलाई शास्ती

sarusaru
१४ मंसिर २०७५, शुक्रबार ०२:४९

काठमाडौं- करोडौँको विज्ञापन गरेर गत सोमबार सरकारले ताझमका साथ योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सार्वजनिक गरेको थियो।

करोडौँको विज्ञापन गरेर ल्याइएको कार्यक्रममा नेपालमा नयाँ युगको सुरुवातको घोषणा गरियो । प्रधानमन्त्री ओलीले सरकार नदेख्नेहरुलाई देखाउन कार्यक्रमको आयोजना गरिएको बताए ।

तर, कार्यक्रम घोषणा भएको दोस्रो दिनमा राजधानि काठमाडौंमै जनताले सास्ती भोग्नु परेको छ । एउटा आइएनजिओको कार्यक्रम एसिया प्यासिफक समिटलाई लक्षित गरेर सरकारले सडकमा चल्ने सवारी साधन आधा घटाउने नीति लिएर जोर विजोर प्रणाली लागुगरेपछि यात्रुले सास्ती पाएका हुन्।

भिभिआइपी पाहुना आउने भएकाले सडकमा सवारी साधनको चाप घटाउनका लागि सरकारले आधा मात्रै गाडी चल्न दिने लक्ष्यसहित जोर–विजोर प्रणाली लागु गरेको हो ।

क्रिष्चियन धर्म प्रचार गर्नका लागि भएको भनिएको समिटका कारण सर्वसाधारणले तिब्र असन्तुष्टी पोखेका छन् । जोर–विजोर प्रणालीको अवज्ञा गर्ने अभियान नै सुरु भइसकेको छ ।

जोर विजोरको आदेश भएको पहिलो दिन विहिबार सार्वजनिक यातायात कम चल्दा वृद्धवृद्धा, अशक्त, बच्चा बोकेका महिला, किनमेल गरेर घर फर्किन लागेका उपभोक्ता, स्कुल–कलेजका विद्यार्थीलगायत आम राजधानीबासी घण्टौंसम्म गाडी कुर्न बाध्य बने । तर, चलेका बिजोर गाडीमा खुट्टा राख्नेसमेत ठाउँ रहेन ।

गाडी चढ्न नपाएकाहरु हिँडेर गन्तव्यमा गए । वृद्ध वृद्धा र बच्चा बोकेका महिला कुरिरहे थिए । यही मौका छोपेर ट्याक्सीवालहरुले यात्रुसँग चर्को भाडा असुले ।

प्रधानमन्त्रीले सरकार भएको देखाउन खोजिरहँदा जनताको सरकार नभएको धेरैको गुनासो छ ।

डिसी नेपाल