१ श्रावण २०८२, बिहीबार
Follow Us

४ वर्षदेखि फरार अपराधी पक्राउ

nepalbritain news
२६ मंसिर २०७५, बुधबार ०१:४४

दोलखा । दोलखा प्रहरीले विगत नौ वर्षदेखि ज्यान मार्ने उद्योगमा फरार रहेका एक अपराधीलाई पक्राउ गरेको छ ।

जिल्ला अदालत दोलखाले २०६६ सालमा तीन वर्ष ११ महीना १४ दिन कैद सजाय तोकिएकामा हालसम्म फरार रहेका ३६ वर्षीय मनोजकुमार जिरेललाई पक्राउ गरिएको हो ।

जिरी नगरपालिका–४ स्थायी घर भएका जिरेललाई आज घर नजीकैबाट इलाका प्रहरी कार्यालय जिरीको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए

उनका अनुसार पक्राउ परेका जिरेललाई आज नै अदालत दाखिला गराई कैद भुक्तानका लागि कारागार पठाइएको छ । प्रहरीले यहाँ विभिन्न मुद्दामा कैद तथा जरिवाना तोकिएका ३१ जना अपराधीलाई पक्राउ गरी कैद तथा जरिवाना भुक्तानका लागी जिल्ला अदालतमा बुझाएको छ।

तीमध्ये हालसम्म थोरैमा रु २५ देखि धेरैमा रु सात हजार जरिवाना तोकिएको र थोरैमा २५ दिनदेखि धेरैमा ४ वर्षसम्म कैद सजाय तोकिएका अपराधी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
डिसी नेपाल ,

धेरै पढिएको