१ श्रावण २०८२, बिहीबार
Follow Us

कांग्रेस महासमिति बैठकको कार्यतालिका सार्वजनिक

nepalbritain news
२७ मंसिर २०७५, बिहीबार ०२:३९

काठमाडौं : नेपाली कांग्रेसले शुक्रबारबाट सुरु हुने महासमिति बैठकको कार्यक्रम तालिका सार्वजनिक गरेको छ। बुधबार कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले महासमिति बैठकको कार्यतालिका सार्वजनिक गरेका हुन्।

बैठक शुक्रबार दिउँसो २ बजेदेखि सुरु हुनेछ। पहिलो दिनको बैठक पार्टी केन्द्रीय कर्यालय सानेपामा साँझ पाँच बजेसम्म चल्ने छ।

उद्घाटन समारोह भने शनिबार बिहान ११ बजेदेखि सिंहदरबार अगाडिको यगम्बर पार्टी प्यालेसमा हुनेछ। सोही पार्टी प्यालेसमा उद्घाटनपछि बन्द सत्र हुनेछ। पौडेलका अनुसार कांग्रेसको बन्द सत्र पुस १, २ र ३ गतेसम्म चल्नेछ।
अन्नपूर्ण पोष्ट

धेरै पढिएको