३२ असार २०८२, बुधबार
Follow Us

खोलामा लुगा धुन गएकी किशोरीलाई बलात्कार गरेको आरोपमा दुई युवा पक्राउ

nepalbritain news
२ पुष २०७५, सोमबार ०६:३०

बेंसीशहर : लमजुङ प्रहरीले किशोरीमाथि बलात्कार गरेको अभियोगमा आइतबार २ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटस्थित ककनी गाउँपालिका–६ का १९ वर्षीय विशाल तामाङ र राजकुमार तामाङ छन् ।

मंसिर २९ गते साँझ दोर्दी गाउँपालिकाको किसेदी खोलामा लुगा धुन गएकी १३ वर्षीया किशोरीलाई विशालले करणी गरेको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

विशालपछि साथमा रहेका राजकुमारले पनि बलात्कार प्रयास गरेका थिए । तर नसकेपछि उनी तत्कालै फरार भएको प्रहरीले जनाएको छ ।

बालिका बलात्कारपछि फरार रहेका तामाङद्धयलाई प्रहरीले आइतबार विहान पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।
अन्नपूर्ण पोष्ट

धेरै पढिएको