२० बैशाख २०८१, बिहीबार
Follow Us

पूर्वयुवराज पारस शाह चितवनमा, समर्थकद्वारा जयजयकार

नेपालब्रिटेन संवाददाता
१५ पुष २०७५, आईतवार १३:१९

चितवन । पूर्वयुवराज पारस शाह आफ्नो जन्मदिनको अवसर पारेर चितवन आइपुगेका छन् । सहयोगीसहित हवाईमार्ग हुँदै आइतबार दिउँसो चितवन पुगेका पूर्वयुवराज शाहलाई राजावादीले भरतपुर विमानस्थलमा स्वागत गरेका थिए । पारसको स्वागतका लागि आएकाहरुले ‘राजा आउ देश बचाउ’ भन्दै नारा लगाएका थिए ।

पूर्व युवराज पारससँग तस्वीर खिचाउनेहरुको पनि विमानस्थलमा भीड लागेको थियो । गाडी नै रोकेर सेल्फी खिच्नेहरु पनि उत्तिकै थिए । विभिन्न राजनीतिक दलका कार्यकर्ताहरु समेत उनको स्वागतमा उपस्थित थिए । पश्चिम चितवनको एक गुम्बाको कार्यक्रममा सहभागी हुन र जन्मदिन मनाउन उनी चितवन आएको उनका सहयोगीले बताए ।