२२ बैशाख २०८१, शनिबार
Follow Us

राजमार्ग खुल्यो

नेपालब्रिटेन संवाददाता
१७ पुष २०७५, मंगलवार ०४:१९

रसुवा । सोमबार अवरुद्ध भएकहो पासाङ ल्हामु अन्तर्राष्ट्रिय राजमार्ग आज बिहानदेखि पुनःसञ्चालनमा आएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार स्काभेटरको सहायताले हिजो दिनभरको प्रयासमा सुख्खा पहिरो पन्छाइ राजमार्ग सञ्चालन गरिएको हो ।

गोसाइँकुण्ड गाउँपालिका–५ खोपाङ भीरमा पहिरो जाँदा चीनको केरुङबाट सामान लिई आएका र सामान लिन जान लागेका समेत २०० को हाराहारीमा रोकिएका सबै सवारीसाधन राजमार्ग खुलेपछि आफ्नो गन्तव्यतर्फ लागेको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज नवराज खड्काले जानकारी दिनुभयो । सडक खुलेसँगै नियमित बस सेवा र एम्बुलेन्ससमेत सञ्चालनमा आएको छ ।