३१ बैशाख २०८१, सोमबार
Follow Us

एप्पलले एकै दिनमा गुमायो ७५ अर्व डलर

नेपालब्रिटेन संवाददाता
२० पुष २०७५, शुक्रबार ०४:५९

न्यूयोर्क । अमेरिकी प्रविधि सम्वन्धी कम्पनी एप्पलले एकै दिनमा ७५ अर्व डलरभन्दा बढि गुमाएको छ । एप्पलले आफ्नो आम्दानी अपेक्षा गरेभन्दा कम हुने चेतावनी दिएलगत्तै उसको शेयर मुल्यमा गिरावट आएको हो । अमेरिकी शेयर बजार वाल स्ट्रिटमा बिहीवार एप्पलको शेयर मूल्य १० प्रतिशतले खस्किएको हो ।

एप्पलको आइफोन मोबाइलको बिक्रीमा गिरावट आउनुलाई कम्पनीको आम्दानी घट्नुको प्रमुख कारण ठानिएको छ।एप्पलका प्रमुख कार्यकारी टिम कुकले कम्पनीको आम्दानी घट्नुका पछाडि चीनमा उसको बिक्रीमा आएको मन्दीलाई दोष लगाएका छन । चीनमा एप्पलका सामग्री बिक्रीमा कमि आएको चेतावनी लगत्तै त्यसको असर अमेरिकी शेयर बजारमा परेको हो ।

केही समय अगाडिसम्म एप्पल अमेरिकामा सार्वजनिक शेयर खरिदबिक्री हुनेमध्ये सबभन्दा ठूलो कम्पनी थियो । तर अहिले उसलाई अन्य तीन कम्पनी माइक्रोसफ्ट, एमेजन र गुगलको स्वामित्व भएको अल्फाबेट कम्पनीले उछिनेका छन् ।