३० बैशाख २०८१, आईतवार
Follow Us

युवक माथि बलात्कार अभियोगमा वेलायतमा एक नेपालीलाई १३ बर्ष जेल

नेपालब्रिटेन डट कम्
२१ पुष २०७५, शनिबार २०:५३

लण्डन । रेडिङ स्थित एक अदालतले युवालाई बलात्कार गरेको अभियोगमा एक नेपालीलाई १३ वर्षको सजाय दिएको छ ।

रेडिङ क्रोनिकल अनलाइन प्रोटलले शुक्रवार प्रकाशन गरेको समाचार अनुसार रेडिङ क्राउन कोर्टले गत वर्ष जुन महिनामा देउकुमार लिम्बुले ‘लर्निङ डिज्एबिलिटी ’ भएका २२ वर्षीय एक युवकमाथि यौन हिंसा गरेको ठहर गरेको हो ।

डिष्ट्रिक्ट जज क्याम्पबेलले लिम्बुलाई १३ वर्षको जेल सजाय सुनाएकी हुन तर सो जेल सजायको आधा अवधि लिम्बुले आफ्नै समुदायमा बिताउन पाउनेछन्।
पिडीत युवाको परिचय भने भने सो समाचारमा खुलाइएको छैन। उनको आचरण राम्रो देखिएमा उनलाई थप तीन वर्ष पनि समुदायमै बस्न दिइनेछ।
लिम्बुका एक १७ वर्षीय छोरा रहेको तथा उनकी श्रीमती दुई वर्ष अघि हङकङ फर्किएको वताएको छ ।