३२ असार २०८२, बुधबार
Follow Us

संसदमा हङ्गामा ;; झण्डै भएन कुटाकुट (भिडियो)

nepalbritain news
२३ पुष २०७५, सोमबार ०२:४९

काठमाडौं।प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा बैठकमा बोले पछि कांग्रेसले प्रधानमन्त्रीसँग सवालजवाफ गर्न चाहेको थियो। प्रश्नोत्तरको माग गरेपछि सभामुखले कांग्रेसको प्रस्ताव अमान्य ठहर गरिदिए।
प्रधानमन्त्रीले मन्तव्य सकेर सिटमा बस्न जाँदै गर्दा कांग्रेस सांसदहरू प्रश्न सोध्न उभिएर सभामुखसँग समय माग गर्दै थिए। कांग्रेस सांसदले समय माग्ने सभामुखले नदिने। यो क्रम निकैबेर चल्यो। विस्तारै विस्तारै कांग्रेस सांसदहरूको पारो तात्न थाल्यो। त्यसमाथि सत्ता पक्षका सांसदले सभामुखको बोलीमा भाका मिलाउँदै टेबुल ठेक्न सुरु गरेपछि कांग्रेस सांसद पनि उग्र बन्दै गए।

जोसिएका गगन थापा सिटबाट उठेर पहिले नै रोष्टम तर्फ अगाडि बढ्दै थिए। तै पनि समय पाइहालिन्छ कि भन्दै उनीसहित मिनेन्द्र रिजाल र अन्य कांग्रेस सांसदले माग गरिरहे।

जव सभामुखले नदिने ठोकुवा सुनाए त्यसपछि गगनको रिसको पारो चुलियो। टेबुल ठोक्दै गगन हुत्तिए रोष्टम तर्फ। उनीसँग कांग्रेस सांसदको लस्कर रोष्टमतर्फ कुँधे। मर्यादापालकहरू पनि कुँदेर बचाउमा अगाडि हातको साङ्लो बनाएर घेरिए। केहीबेर रस्साकस्सी चल्यो। अन्ततः सभामुखले बैठक स्थगित गरे।

डिसी नेपाल

धेरै पढिएको