३२ असार २०८२, बुधबार
Follow Us

आम सञ्चार मस्यौदा हस्तान्तरण

nepalbritain news
३० पुष २०७५, सोमबार ०१:४६

विराटनगर ।नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ कार्यसमितिले प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई नमूना ‘प्रदेश आम सञ्चार मस्यौदा हस्तान्तरण गरेको छ ।

मुख्यमन्त्री राईलाई प्रदेश अध्यक्ष विक्रम लुइँटेलले उक्त मस्यौदा मुख्यमन्त्रीको कार्यालयमा आज हस्तान्तरण गरेका हुन्। मुख्यमन्त्री राईले नमूना मस्यौदा बुझ्दै प्रदेश सरकारले पत्रकार र सञ्चारमाध्यमको हितमा काम गर्ने र प्रेस मैत्री ऐन बनाइने बताए ।

उनले महासङ्घका तर्फबाट प्राप्त मस्यौदाका विषयलाई समावेश गर्ने तथा छलफल गरी ऐन निर्माण गरिने विश्वास दिलाए।

उक्त मस्यौदामा पत्रकारको क्षमता विकासका लागि आमसञ्चार प्रतिष्ठान स्थापनादेखि प्रदेशमा सञ्चारमाध्यमको प्रवद्र्धनमा सघाउ पुग्ने कुरा उल्लेख छ । यसअघि महासङ्घका प्रदेश महासचिव विवेक गौतमले उक्त मस्यौदा विधेयक मुख्यमन्त्री राईलाई पढेर सुनाएका थिए।
डिसी नेपाल

धेरै पढिएको