२८ बैशाख २०८१, शुक्रबार
Follow Us

नेकपा नेता अधिकारीको स्वास्थ्यमा सुधार

नेपालब्रिटेन डट कम्
१२ माघ २०७५, शनिबार १३:४४

काठमाडौँ–नेकपाका नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था सुधारन्मुख देखिएको छ ।

ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत रहेका अधिकारीको स्वास्थ्य अवस्था सुधारान्मुख देखिएको उनका स्वीकय सचिव महेश विष्टले जानकारी दिए ।

गत पुस २३ गते अस्पतालमा भर्ना भएका अधिकारीको स्वास्थ्यमा सुधार भएपछि घर लगिएको थियो । घर लगेपछि उनको स्वास्थ्यमा पुनःसमस्या देखिएपछि गत माघ २ गते भर्ना गरिएको थियो । उनको मुटु, श्वासप्रश्वास र छातीमा सङ्क्रमण देखिएको छ । मुटुमा समस्या भएपछि गत बुधबारदेखि सघन कक्षमा उनको उपचार भइरहेको छ ।