१० भाद्र २०८२, मंगलवार
Follow Us

आज नेपाल र यूएईबीच पहिलो टी-२० खेल हुँदै

nepalbritain news
१७ माघ २०७५, बिहीबार ०४:०५

काठमाडौँ । आज संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमणमा रहेको नेपालले पहिलो टी-२० खेल खेल्ने भएको छ।

नेपाल यूएईबीचको खेल आज दिउँसो नेपाली समयानुसार पौने तीन बजे दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमी मैदानमा हुँदैछ । जुन मैदानमा नेपालले ऐतिहासिक एकदिवसीय सिरिज जितेको थियो।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले अन्तर्राष्ट्रिय एकदिवसीय (ओडिआई) को मान्यता दिएपछिको दोस्रो द्विपक्षीय सिरिज जितेर विश्वक्रिकेटमा सनसनी मच्चाएको नेपालले आज टी ट्वान्टी सिरिज जितेर नयाँ इतिहास रच्ने दाउमा छ।

पहिलो खेलमा तीन विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा भने १४५ रनको सानदार जित निकाल्दै सिरिज बराबरी गरेको थियो।

सिरिजको तेस्रो खेलमा २५५ रनको कठिन लक्ष्य पाएको नेपालले सानदार खेल खेल्दै सिरिज नै जितेको थियो।
डिसी नेपाल

धेरै पढिएको