३२ असार २०८२, बुधबार
Follow Us

गाडीको ठक्करबाट एकको मृत्यु

nepalbritain news
१८ माघ २०७५, शुक्रबार ०७:३५

बेझाड – गाडीको ठक्करबाट पाल्पाको तानसेनस्थित राईडाँडामा एकको मृत्यु भएको छ ।

बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग१ख ४५३४ नंको बसले आज बिहान ११ः५५ मा ठक्कर दिँदा रुपन्देही रामपुर बस्ने २७ वर्षीय सोनु विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी सहायक निरीक्षक मोतीबहादुर खड्काले जानकारी दिनुभयो ।

अहिले ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सडकमा हिँड्ने क्रममा विकलाई एक्कासी बसले ठक्कर दिएको हो ।
रासस

धेरै पढिएको