१ श्रावण २०८२, बिहीबार
Follow Us

७४ केजी गाँजासहित एक जना हेटाैडाबाट पक्राउ

nepalbritain news
२३ माघ २०७५, बुधबार ०९:२२

मकवानपुर । ७४ केजी गाँजासहित एक जना पक्राउ परेका छन्।

हेटौंडा उपमहानगरपालिका १९ सिराङ चोक बस्ने चन्द्र बहादुर भोलनलाई अवैध लागूऔषध गाँजा करिब ७४ केजी सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले भोलनको घर खानतलासी गर्दा लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
डिसी नेपाल

धेरै पढिएको