१ श्रावण २०८२, बिहीबार
Follow Us

सिनामङ्गलमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

nepalbritain news
२८ माघ २०७५, सोमबार ०३:५६

काठमाडौँ । आज बिहान सिनामङ्गलमा बसको ठक्करबाट एक पैदलयात्रुको ज्यान गएको छ।

आज बिहान ६ बजेतिर बा ३ ख ७० ५७ नम्बरको बसले ठक्कर दिँदा सोलुखुम्बु घर भई सिनामङगल बस्दै आएका पदमबहादुर कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ।

बसको ठक्करबाट घाइते भएका कार्कीको काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचारका क्रममा ज्यान गएको हो।
डिसी नेपाल

धेरै पढिएको