३१ बैशाख २०८१, सोमबार
Follow Us

पूर्वन्यायाधीश ठगेर श्रीमतीको नाममा सम्पत्ति

नेपालब्रिटेन डट कम्
१ फाल्गुन २०७५, बुधबार ०१:५५

काठमाडौं– सर्वोच्च अदालतका पूर्वन्यायाधीश तथा देशका वरिष्ठ अधिवक्ताहरु नै अर्का एक अधिवक्ताबाट ठगीएका छन् ।
आफूलाई मानवअधिकारकर्मी भन्दै आएका अधिवक्ता गोपाल सिवाकोटी चिन्तनले कानुनसम्बन्धी क्याम्पस स्थापना गर्ने भन्दै उठाएको रकम ठगी गरेका हुन् ।
२ करोड ७६ लाख हिनामिना गरेको आरोपमा सिवाकोटी र उनका साथी बद्रीकुमार थापालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरी ठगी मुद्दामा कारबाही अघि बढाएको छ ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश पवनकुमार ओझाको अध्यक्षतामा कलेज स्थापनाका लागि खोलिएको मञ्जुश्री एकेडेमी कम्पनीको रकम सिवाकोटी र थापाले व्यक्तिगत प्रयोजनमा खर्च गरेका हुन् ।
कम्पनीका शेयरधनी रहेका सर्वोच्चकै पूर्वन्यायाधीश भरतकुमार कार्की, वरिष्ठ अधिवक्ताहरुकृष्ण प्रसाद भण्डारी, हरिहर दाहाल, विश्वकान्त मैनाली, श्रीहरि अर्याललगायत पीडित बनेको खबर आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । सिवाकोटी र थापाले ठगी गरेको रकमबाट श्रीमतीको नाममा सम्पत्ति जोडेको पनि समाचारमा उल्लेख छ ।